दफा ३६
सम्पत्ति फुकुवा गर्नु पर्ने
दफा १८ बमोजिम रोक्का राखिएको सम्पत्ति वा साधन सम्पत्ति शुद्धीकरण तथा आतङ्ककवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरबाट प्राप्त भएको नदेखिएमा कसूर सम्बन्धमा मुद्दा दायर भइनसकेको भए अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा विभागको प्रमुखले र मुद्दा दायर भएको भए मुद्दाको सुनुवाई गर्ने अदालतले त्यस्तो सम्पत्ति वा साधनरोक्का राख्ने निकायलाई त्यस्तो सम्पत्तिवा साधन फुकुवा गर्ने आदेश दिनेछ र त्यसरी आदेश भएकोमा त्यस्तो निकायले त्यस्तो रोक्का सम्पत्तिवा साधन फुकुवा गरिदिनु पर्नेछ ।